२५ जेठ २०८३, सोमबार

कुमारी बैंकद्वारा जुम्लामा शाखा सञ्चालन

मंसिर ५, २०८०
काठमाडौं
कुमारी बैंकद्वारा जुम्लामा शाखा सञ्चालन

कुमारी बैंक लिमिटेडले जुम्लामा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।

शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ मा यही मंसिर ४ गते सोमवारबाट शाखा सञ्चालनमा ल्याइएकोे बैंकले जनाएको छ ।

शाखा विस्तारसँगै उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई बैंकिङ कारोबारमा सहजता हुने बैंकको विश्वास छ ।​

बैंकले आगामी दिनहरूमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना अघि सारेको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकका देशभर रहेका ३०९ शाखा छन् ।

साथै बैंकले ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइहरू मार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने बैंकको प्रतिबद्धता छ ।

salt training

कमेन्ट गर्नुहोस्