२४ जेठ २०८३, आइतबार

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

मंसिर ५, २०८०
काठमाडौं
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
फाइल फोटो

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बुधवार बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । 

पार्टीले यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्‌भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट शुरू गर्दै छ ।

बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्