×

Dabur

मकवानपुरका व्यवसायी करको दायरामा

मकवानपुर | मंसिर ५, २०८०

NTC
Premier Steels
Marvel

 मकवानपुरमा २२ प्रतिशत जनसङ्ख्या करको दायरामा आएको आन्तरिक राजस्व कार्यालय मकवानपुरले जनाएको छ । 

yONNEX
Sagarmatha Cement

राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आज मकवानपुरका सञ्चारकर्मीहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख तुलसीप्रसाद भट्टराईले जिल्लाको सरदर चार लाख ६६ हजार जनसङ्ख्यामध्ये करिब एक लाख दुई हजार छ सय ८९ करदाता करको दायरामा आएको बताए । उनले  हालसम्मको करदाता दर्ता सार्वजनिक गर्दै आयकरतर्फ दर्ता भएका ३१ हजार आठ सय ५७, मूल्य अभिवृद्धिकरमा दर्ता भएका पाँच हजार पाँच सय ३१, अन्तःशुल्क दर्ता एक हजार छ सय १६, डब्लु प्यानतर्फ छ सय ६८, पि प्यानतर्फ ७० हजार एक सय ६४ करदाता दर्ता भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९÷८० को राजस्व लक्ष्य तथा असुुलीतर्फ रु सात अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व असुलीको लक्ष्य लिए पनि रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुुली गर्न सफल भएको प्रमुख भट्टराईले बताए । यस्तै आव २०८०÷८१ को राजस्व लक्ष्य तथा असुलीतर्फ रु आठ अर्ब ८० करोड ४५ लाख २४ हजार लक्ष्य राखेकोमा कात्तिक महिनासम्म रु दुई अर्ब ४७ करोड ५९ लाख ६४ हजार मात्र राजस्व असुली लक्ष्य लिएको र एक अर्ब ८७ करोड ४६ लाख ६४ हजार मात्र राजस्व असुली भएको प्रमुख भट्टराईले बताए। 


Advertisment

    यस्तै बजार अनुगमन कार्यगत लक्ष्य तथा प्रगतिअनुसार आव २०७९÷८० मा दुई सय ५० लक्ष्य लिएकोमा दुई सय ७६ अनुगमन भएको र आव २०८०÷८१ मा एक सय ५० लक्ष्य राखेकोमा एक सय २० पटक बजार अनुगमनको काम भएको बताए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २८, २०८०

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ । यही कात्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ म्य...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २७, २०८०

कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्‍ग्रा लिएर आए ।  बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्क...

मंसिर ३, २०८०

आठ वर्षअघि सरकारले सबै प्रदेशमा एक/एकवटा ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने भनी अघि सारेको योजना अलपत्र परेको छ । आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार बनाउने उद्देश्यले निर्माण थालिएका आयोजना कतै जग्गा विवा...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x