०५ साउन २०८३, मंगलबार

मकवानपुरका व्यवसायी करको दायरामा

मंसिर ५, २०८०
मकवानपुर
मकवानपुरका व्यवसायी करको दायरामा

 मकवानपुरमा २२ प्रतिशत जनसङ्ख्या करको दायरामा आएको आन्तरिक राजस्व कार्यालय मकवानपुरले जनाएको छ । 

राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आज मकवानपुरका सञ्चारकर्मीहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख तुलसीप्रसाद भट्टराईले जिल्लाको सरदर चार लाख ६६ हजार जनसङ्ख्यामध्ये करिब एक लाख दुई हजार छ सय ८९ करदाता करको दायरामा आएको बताए । उनले  हालसम्मको करदाता दर्ता सार्वजनिक गर्दै आयकरतर्फ दर्ता भएका ३१ हजार आठ सय ५७, मूल्य अभिवृद्धिकरमा दर्ता भएका पाँच हजार पाँच सय ३१, अन्तःशुल्क दर्ता एक हजार छ सय १६, डब्लु प्यानतर्फ छ सय ६८, पि प्यानतर्फ ७० हजार एक सय ६४ करदाता दर्ता भएको बताए । 

राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९÷८० को राजस्व लक्ष्य तथा असुुलीतर्फ रु सात अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व असुलीको लक्ष्य लिए पनि रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुुली गर्न सफल भएको प्रमुख भट्टराईले बताए । यस्तै आव २०८०÷८१ को राजस्व लक्ष्य तथा असुलीतर्फ रु आठ अर्ब ८० करोड ४५ लाख २४ हजार लक्ष्य राखेकोमा कात्तिक महिनासम्म रु दुई अर्ब ४७ करोड ५९ लाख ६४ हजार मात्र राजस्व असुली लक्ष्य लिएको र एक अर्ब ८७ करोड ४६ लाख ६४ हजार मात्र राजस्व असुली भएको प्रमुख भट्टराईले बताए। 

    यस्तै बजार अनुगमन कार्यगत लक्ष्य तथा प्रगतिअनुसार आव २०७९÷८० मा दुई सय ५० लक्ष्य लिएकोमा दुई सय ७६ अनुगमन भएको र आव २०८०÷८१ मा एक सय ५० लक्ष्य राखेकोमा एक सय २० पटक बजार अनुगमनको काम भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्