
‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ महाअभियान’का नाममा देशभरबाट समर्थक काठमाडौं उतार्न थालेपछि प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घर आसपासमा सुरक्षा तैनाथी बढाएको छ ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका- ६ स्थित प्रसाईं निवासवरिपरि सुरक्षा तैनाथी बढाइएको हो । सडकभरी प्रहरी खटिएका छन् ।

मंसिर ७ गते (बिहीबार) आयोजित प्रदर्शन तथा कार्यक्रमका लागि सरकारले प्रसाईंलाई बल्खु क्षेत्र छुट्ट्याइदिएको छ ।
सोही दिन नेकपा एमालेको भ्रातृ संगठन युवा संघले पनि कार्यक्रम राखेको छ । युवा संघको कार्यक्रमका लागि तीनकुने क्षेत्र तोकिएको छ ।
एमाले र प्रसाईंको समूहबीच तनाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

बिहीवारको प्रदर्शनको तयारीका थप तस्वीर:




