२५ जेठ २०८३, सोमबार

अपर बलेफी जलविद्युत् परियोजना र नेपाल विद्युत् प्राधिकरणबीच पीपीए सम्झौता

मंसिर ६, २०८०
काठमाडौं
अपर बलेफी जलविद्युत् परियोजना र नेपाल विद्युत् प्राधिकरणबीच पीपीए सम्झौता

अपर बलेफी जलविद्युत् परियोजना र नेपाल विद्युत् प्राधिकरणबीच खरिद सम्झौता (पीपीए) भएको छ ।​​

गोल्याण ग्रुपको ऊर्जा विभागअन्तर्गत सञ्चालनमा रहेको अपर बलेफी जलविद्युत् (४६ मेगावाट)ले विद्युत् प्राधिकरणसँगको खरिद सम्झौता गरेको हो ।

यस परियोजना सिन्धुपाल्चोकमा अवस्थित बलेफी नदीमा प्रस्तावित ‘रन अफरिभर’ (आरओआर) जलविद्युत परियोजनाका लागि रहेको कम्पनीले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपर बलेफी हाइड्रोपावर लिमिटेडका अध्यक्ष उमेश कसजुले पीपीए सम्झौतामा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा गोल्याण ग्रुपको उर्जा विभागका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल तथा गोल्याण ग्रुपका प्रमुख वित्तीय अधिकृत सञ्जयकुमार साहको पनि उपस्थिति रहेको थियो ।

यस सम्झौताले देशको बढ्दो ऊर्जाको मागलाई सफा, भरपर्दो र नवीकरणीय ऊर्जाको उत्पादन तथा वितरणले सम्बोधन गर्ने प्रतिबद्धतालाई स्थायित्व दिएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्