
बिहीवार काठमाडौंमा आयोजना हुने प्रदर्शनको पूर्वसन्ध्यामा नेकपा एमाले निकट युवा संघले बुधवार काठमाडौंमा मसाल जुलुस निकाले गरेको छ ।
बुधवार साँझ काठमाडौंको भृकुटी मण्डपबाट मसाल जुलुस निकालिएको हो ।
गणतन्त्र र व्यवस्थामाथि प्रहार भएको भन्दै युवा संघले बिहीवार काठमाडौंमा प्रदर्शन गर्दैछ ।
त्यसैको तयारी स्वरूप मसाल जुलुस निकालिएको युवा संघका नेताहरूले बताएका छन् ।

युवा संघका कार्यकर्ताले मेडिकल केलेज सञ्चालक दुर्गा प्रसाईंविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरूले प्रसाईंलाई ‘व्यवस्था विरोधी मतियार’को आरोप लगाएका थिए ।
युवा संघको कार्यक्रमलाई एमाले नेता महेश बस्नेत लगायतले सम्वोधन गर्दैछन् ।
भोलि नै काठमाडौंमा प्रसाईंले शक्ति प्रदर्शन गर्दैछन् । प्रसाईंको लागि बल्खु र युवा संघको लागि तीनकुनेमा ठाउँ तोकिएको छ ।
बिहीवारको प्रदर्शनलाई दुवैले प्रतिष्ठाको विषय बनाउँदै एक अर्का विरुद्ध शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् ।


