०२ असार २०८३, मंगलबार

साढे  चार  लाखभन्दा  बढी  श्रमिक सामाजिक सुरक्षा कोषमा

मंसिर ७, २०८०
काठमाडौं
साढे  चार  लाखभन्दा  बढी  श्रमिक सामाजिक सुरक्षा कोषमा

वैैदेशिक  रोजगारीमा  गएका  साढे  चार  लाखभन्दा  बढी  श्रमिक  योगदानमा  आधारित  सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् । आठ महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् ।

यो सङ्ख्या चैत ८ देखि मङ्सिर ५ सम्मको हो । कोषका  अनुसार  यसरी  कोषको  योजनामा  आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकबाट हालसम्म करिब ९१ करोड ३२ लाख योगदान रकम कोषमा जम्मा भएको छ ।

कोषका प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा  रोजगार  र  स्वरोजगार  रहेका  श्रमिकको  उक्त   योजनामा   उत्साहजनक   सहभागिता   भएको बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्