२४ जेठ २०८३, आइतबार

उपप्राध्यापक चलाउनेको मुद्दाको आज फैसला होला ?

मंसिर ७, २०८०
काठमाडौं
उपप्राध्यापक चलाउनेको मुद्दाको आज फैसला होला ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपप्राध्यापक प्रेम चलाउनेको मुद्दाको बिहीबार फैसला हुने अपेक्षा गरिएको छ ।  बुधवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा परेको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । 

सो मुद्दा ३ वर्ष कटिसकेकाले हेर्दाहेर्दैमा राखेर फैसला गर्न लागिएको काठमाडौं जिल्ला अदालत स्रोतले जनाएको छ । 

न्यायाधीश खतिवडाको इजलासमा सुनुवाइ शुरू भएको उक्त मुद्दाको बिहीवार फैसला आउन सक्ने आशा पीडित पक्षले व्यक्त गरेका छन् ।

चलाउनेको पक्षबाट अधिवक्ताहरू ओमप्रकाश अर्याल, सुरेन्द्र भण्डारी, राधिका खतिवडा, वसन्त जोशी, श्रीकान्त बराललगायत ९ जना वकिलले बहस गरेका थिए ।

यस्तै सरकारी वकिलहरू चन्द्रप्रसाद सञ्जेल, दिनेश श्रेष्ठ र श्रीकान्त खनालले पनि बहस गरेका छन् । 

यसअघि गत असोज ९ गते फैसला सुनुवाइ शुरू भएको थियो । तर, राजनीतिक प्रभावान परेर फैसलालाई धकेलिइएको बताइएको छ ।

त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते सांघातिक आक्रमण भएको थियो । उनी शक्त घाइते भएका थिए ।

त्यसपछि आक्रमणकारीविरुद्ध मुद्दा दायर भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्