२५ असार २०८३, बिहीबार
काठमाडौंमा प्रदर्शन

प्रसाईंको आन्दोलनः कलंकी–कोटेश्वर सडकमा सवारी थोरै, प्रहरी धेरै

मंसिर ७, २०८०
काठमाडौं
प्रसाईंको आन्दोलनः कलंकी–कोटेश्वर सडकमा सवारी थोरै, प्रहरी धेरै

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियान’ आन्दोलनका कारण बिहीवार काठमाडौं उपत्यकामा सवारी साधन कम गुडेका छन् ।

काठमाडौंको बल्खुमा प्रसाईं तथा तीनकुनेमा एमालेको भ्रातृ संगठन युवा संघको कार्यक्रमलाई लक्षित गर्दै ट्राफिक प्रहरीले बिहीवार अत्यावश्यक बाहेक सवारी नचलाउन आग्रह गरेको थियो ।

null 

बिहीवार काठमाडौंमा सवारी साधन कम गुडेका छन् । प्रसाईंको अभियानको  र्‍याली हुने तय भएको कोटेश्वर–कलंकी सडकमा यातायात न्युन चलेका छन् । 

चक्रपथमा भने प्रहरी बाक्लो संख्यामा परिचालन भएका छन् । बिहान साढे १० बजेपछि विभिन्न क्षेत्रबाट  र्‍याली निकाल्ने प्रसाईं समूहको तयारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्