![दुर्गा प्रसाईं नआइपुग्दै यस्तो देखियो बल्खुको दृश्य [फोटो]](https://lktcdn2.prixacdn.net/media/Durga_Prasain_Aandolan_1_PLywqEPCYY.jpg)
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ अभियान'का नाममा दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा उल्लेख्य सहभागिता देखिएको छ ।
भक्तपुरसहितका मुख्य क्षेत्रका जुलुस आउन बाँकी छँदै बल्खु चोकमा बाक्लो उपस्थिति देखिएको हो । भक्तपुरको जुलुस प्रसाईं आफैंले नेतृत्व गर्नेछन् ।
अन्य क्षेत्रका जुलुस बल्खु पुगिरहेका छन् । प्रसाईंको आन्दोलनका क्रममा व्यवस्थाविरोधी चर्का नारा लगाएका छन् ।
हेर्नुहोस्, बल्खुको भीड :

