०५ असार २०८३, शुक्रबार

कतारका विदेश राज्यमन्त्री काठमाडौँमा

मंसिर ७, २०८०
काठमाडौं
कतारका विदेश राज्यमन्त्री काठमाडौँमा

 कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न  काठमाडौँ आइपुगेका छन् । 

उनलाई त्रिभुवत अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल तथा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अलि अल अन्सारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे । 

कतारी अतिथिले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

विदेश राज्यमन्त्री अल मुरैखी परराष्ट्र सचिव पौड्यालसँग समेत द्विपक्षीय भेटवार्ता गरेर भोलि नै स्वदेश प्रस्थान गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्