१२ साउन २०८३, मंगलबार

गाजामा आजदेखि युद्धविराम, बन्धकको रिहाइ पनि आजैदेखि हुने

मंसिर ८, २०८०
काठमाडौं
गाजामा आजदेखि युद्धविराम, बन्धकको रिहाइ पनि आजैदेखि हुने

गाजा युद्धविराम र बन्धक रिहाइ आज (शुक्रबार) बिहान शुरू हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । 'युद्धविराम शुक्रबार बिहान ७:०० बजेदेखि शुरू हुनेछ र नागरिक बन्धकहरूको पहिलो समूहलाई सोही दिन लगभग ४:०० बजेसम्म  सुम्पिइनेछ,' प्रवक्ता  माजेद अल-अन्सारीले  उल्लेख गरेका छन् । 
  
शुरूमा १३ जनालाई रिहा गरिने  छ, ती  सबै महिला र बालबालिका एउटै परिवारका  हुन् । प्रवक्ताका अनुसार प्रत्येक दिनमा चार दिनभित्र सहमति भएका जम्मा ५० जनालाई रिहाइ गरिने छ।

गत अक्टोबर ७ देखि युद्धमा रहेका इजरायल र हमासले बुधबार चार दिने युद्धविरामको क्रममा कम्तिमा ५० बन्धक र सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा सहजीकरण गरिएको यो सम्झौता विस्तार र फराकिलो हुन सक्ने बताइएको छ ।  यो सम्झौता गाजामा रहेका २४ लाख  जनतालाई सहायता प्रदान गर्ने उद्देश्यले पनि प्रेरित छ ।

इजरायली अधिकारीहरूले लगभग १ हजार २०० व्यक्तिहरू मारिएको र लगभग २४० जनालाई बन्धक बनाएको बताएका छन्।

गाजा पट्टीमा हमास सरकारका अनुसार त्यसबेलादेखि निरन्तर इजरायली बमबारी र भूमि आक्रमणले १४ हजारभन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ ।  जसमा अधिकांश महिला र बालबालिका छन्।

salt training

कमेन्ट गर्नुहोस्