१० साउन २०८३, आइतबार

सिटिजन लाइफले भारतमा जित्यो बेष्ट स्ट्राटेजिक फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड

मंसिर ८, २०८०
काठमाडौं
सिटिजन लाइफले भारतमा जित्यो बेष्ट स्ट्राटेजिक फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भारतमा स्ट्राटेजिक फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड जितेको छ । 

इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित इमर्जिङ एसिया इन्स्योरेन्स स्प्रिडिङ अवार्डको चौंथो संस्करणको अवार्डको रुपमा यो अवार्ड जितेको हो ।

नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पुर्याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीमध्येबाट उत्कृष्टलाई इन्डियन चेम्बर अफ कमर्सले विगत ४ वर्षदेखि यो अवार्ड दिँदैआएको छ ।  

महाराष्ट्रकाे मुम्बईमा आयोजित एक समारोहमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । 

जीवन बीमा कम्पनीमध्ये बीमासम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबैभन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफ यो पुरस्कार प्रदान गरिएको कार्यक्रममा जानकारी दिइयो ।

२०७४ भदौ ७ गतेबाट नेपाल बीमा प्राधिकरणबाट सञ्चालनको अनुमति पाइ सोही वर्षको कार्तिक २ बाट सञ्चालनमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट प्रतिनिधि बीमा कम्पनी रहेको यस क्षेत्रका जानकारहरूको भनाइ छ । 

हाल देशभरका १४१ शाखा, उपशाखाहरू र लगभग ६१ हजारभन्दा बढी अभिकर्ताबाट सेवाग्राहीलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा आफू सधैँ तयार रहेको कम्पनीले जनाएको छ ।

‘हामी हाम्रा ग्राहक वर्गको भविष्यमा आइपर्न सक्ने कुनै पनि आर्थिक जोखिमका विरुद्ध आर्थिक र वित्तीय सुरक्षाको ग्यारेन्टी दिनसक्ने भरपर्दो र विश्वासिलो बीमा कम्पनीको परिचय बनाउन सफल भएका छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्