३१ असार २०८३, बुधबार

यूएईमा एक महिलाको भवनबाट खसेर मृत्यु

मंसिर ९, २०८०
काठमाडौं
यूएईमा एक महिलाको भवनबाट खसेर मृत्यु

 संयुक्त अरब इमिरेट्स (यूएई) पुगेकी एक महिलाको आफैँ बस्दै आएको भवनबाट खसेर मृत्यु भएको छ । मृतक महिलाको शव आवश्यक प्रक्रिया पुरा गरेर शुक्रबार नेपाल पठाइएको नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीले जानकारी दिए । 

शाहीका अनुसार अनुसार नेपालको ललितपुर घर भएकी उनी गत नोभेम्बर ११ मा आबुधाबीस्थित बस्दै आएको भवनबाट खसेकी थिइन् ।  

२८ वर्षीय उनको ‘उचाइबाट खसेका कारण मृत्यु’ भएको भन्ने रिपोर्ट अस्पतालले दिएको छ । उनको मृत्युपछि नेपाल एसोसिएसन–एनआरएनए यूएईको टीमले मानबीय भावनालाई आत्मासाथ गर्दै नेपाली राजदूतावास यूएईको सहकार्यतामा शव शुक्रबार नेपाल पठाइएको शाहीको भनाइ छ ।

 उनी यूएईमा भिजिट भिसामा पुगेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्