०८ साउन २०८३, शुक्रबार

रूसद्वारा कीएभलगायत स्थानमा व्यापक ड्रोन आक्रमण

मंसिर ९, २०८०
काठमाडौं
रूसद्वारा कीएभलगायत स्थानमा व्यापक ड्रोन आक्रमण

युक्रेनले शनिबार ७५ वटा रूसी ड्रोन युक्रेनी क्षेत्रमा पठाएको र तीमध्ये अधिकांश राजधानी कीएभको आकाशसम्म पुगेको यसक्रेनी सेनाले जनाएको छ । 

युक्रेनी सेनाले ७४ ड्रोनलाई आफ्नो प्रतिरक्षा प्रणालीले खसालिदिएको दावी गरेको छ ।

युक्रेनी सेनाले रूसले इरानी निर्मित शाहेद ड्रोनको ‘उच्च सङ्ख्या’ मा प्रक्षेपण गरेको थियो । 

तीमध्ये अधिकांश राजधानी कीएभमा खसालेको आक्रमणबाट विद्युत गृहहरूमा क्षति पुगेको बताइएको छ । 

विद्युत गृहमा भएका आक्रमणका कारण तापक्रम माइनसभन्दा तल झरेपछि शहरको मध्य भागमा विद्युत् कटौती भएको जनाएको छ । 

तत्कालिन सोभियत सङ्घका नेता जोसेफ स्टालिनको शासनकाल सन् १९३० को दशकमा युक्रेनमा लाखौं मानिस भोकमरीमा परेको दिनको सम्झनामा युक्रेनले होलोदोमोर स्मरण दिवस मनाइरहेको बेला ड्रोन आक्रमण भएको हो । 

“दुश्मनले युक्रेनमा उच्च सङ्ख्यामा ड्रोनमार्फत् आक्रमण गरेको छ । आक्रमणको मुख्य दिशा कीएभ रहेको छ,” युक्रेनको वायु सेनाका कमान्डर जनरल माइकोला ओलेश्चुकले भने । 

वायु सेनाले ७५ मध्ये ७४ वटा ड्रोन खसालेको जनाएको छ । 

छ घण्टा सम्म चलेको हवाई आक्रमणमा राजधानीमा ११ वर्षीय बालकसहित पाँच जना घाइते भएको कीभका अधिकारीहरूले बताएका छन् । 

कीएभका मेयर भिटाली क्लिट्स्कोले ड्रोनको भग्नावशेष खसेपछि शहरका केही घरमा आगलागी हुनुका साथै भवनमा क्षति पुगेको बताएका छन् । 

आक्रमणबारे बताउँदै एएफपीका सञ्चारकर्मीले कीएभका बासिन्दाले शहरको निप्रोभ्स्की जिल्लामा भत्किएको झ्याल र अन्य क्षतिलाई सफा गरेको र नजिकै एम्बुलेन्सहरू पार्क गरिएको आफुले देखेको बताए । 

यसैबीच, युक्रेन भ्रमणमा रहेका लातभियाका राष्ट्रपति एड्गार्स रिन्केभिक्सले आक्रमणका क्रममा कीएभको एउटा अँध्यारो बम सेल्टरभित्र रहेको आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। 

आक्रमणपछि दर्जनौं भवनको विद्युत् कटौती भएको थियो तर युक्रेनको ऊर्जा मन्त्रालयले भने पछि विद्युत् सेवा पुनः सञ्चालन गरिएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्