३१ असार २०८३, बुधबार

केरलाको प्रविधि महोत्सवमा भागदौड मच्चियो, चारको मृत्यु

मंसिर १०, २०८०
काठमाडौं
केरलाको प्रविधि महोत्सवमा भागदौड मच्चियो, चारको मृत्यु

भारतको केरलास्थित कोचिन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (क्युस्याट) मा आयोजित प्रविधि महोत्सवमा भागदौड मच्चिँदा कम्तीमा चार विद्यार्थीको मृत्यु भएको छ । उक्त घटनामा २० जना घाइते भएका छन् । 

क्याम्पसको खुल्ला कार्यक्रमस्थलमा आयोजित एक म्युजिक कन्सर्ट र प्रविधि प्रदर्शनीका क्रममा शनिबार उक्त घटना भएको हो । 

स्वास्थ्यमन्त्री वीणा जर्जले भागदौडमा परी चार विद्यार्थीको मृत्यु भएको र २० जना घाइते भएको पुष्टि गरे । 

स्वास्थ्यमन्त्री जर्जले घाइते विद्यार्थीका लागि कलामासेरी मेडिकल कलेजमा  उपचारको व्यवस्था मिलाइएको जानकारी दिएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्