२३ असार २०८३, मंगलबार

लोक सेवा आयोगले गर्‍यो ४५ जनालाई कारबाही

मंसिर १०, २०८०
काठमाडौं
लोक सेवा आयोगले गर्‍यो ४५ जनालाई कारबाही

काठमाडौं  । लोक सेवा आयोगले अनियमित तरिकाले परीक्षा दिने ४५ जनालाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७९÷२०८० को प्रतिवेदमा योग्यता नपुगी परीक्षामा सामेल हुने, अरूको कपी लिई नक्कल गर्ने, चिट चोर्नेलगायत अनियमितता गर्नेलाई लोकसेवा आयोगले ३ वर्षसम्म लोक सेवाले लिने परीक्षा दिन नपाउने गरी कारबाही गरेको उल्लेख छ । 
यसरी कारबाहीमा पर्नेमा निजामती सेवातर्फ १३ जना र सुरक्षा निकाय तथा संगठित संस्थातर्फ परीक्षा दिने ३२ जना रहेको लोकसेवा आयोगले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्