०५ साउन २०८३, मंगलबार

‘फिस्टेल रेसिङ कप’ को उपाधि अजयलाई

मंसिर १०, २०८०
काठमाडौं
‘फिस्टेल रेसिङ कप’ को उपाधि अजयलाई

पोखरा रङ्गशालामा आज सम्पन्न ‘फिस्टेल रेसिङ कप २०२३’ को उपाधि अजयले तामाङले जितेका छन् ।

तामाङले ३८ जना प्रतियोगिहरूलाई पछि पार्दै उपाधिसहित रु एक लाख, ट्रफी पुरस्कार पाए । फिस्टेल रेसिङ कपअन्तर्गत यही मङ्सिर ८ गतेदेखि मोटरबाइक दौड प्रतिस्पर्धा आयोजना गरिएको हो ।

नेपाल रेसिङ स्पोर्टस एशोसिएशनको आयोजना तथा भिआर ४६ को समन्वयमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापामगर द्वितीय हुँदै रु ७५ हजार पुरस्कार पाए । यसैगरी  मोहमद फरहान तृतीय भएर रु २५ हजार पुरस्कार ट्रफी र प्रमाणपत्र पाए ।

महिलातर्फ पाँच वाइकर्स सहभागी भएकामा वर्षा बस्नेत च्याम्पियन हुँदै रु २० हजार पुरस्कार पाए । प्रतियोगिताका विजेता खेलाडी काठमाडौँका हुनुहुन्छ । नेपाल रेसिङ स्पोर्टस एसोसिएसनले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगितामा बाइकर्सहरुले ‘स्टन्ट’ गर्नुका साथै ‘म्युजिकल शो’ समेत प्रदर्शनीको रुपमा आयोजना गरिएको थियो । प्रतियोगिताका विजेतालाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङलगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरे । 

salt training

कमेन्ट गर्नुहोस्