
ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडीको पाटनमा ३५१औं शाखा विस्तार गरेको छ ।
पाटन नगरपालिका वडा नम्बर ६ स्थित पाटन बजारमा यही मंसिर १० गते आइतवारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।
पाटन नगरपालिकाका प्रमुख गौरी सिंह रावलले एक समारोहबीच बैंकको पाटन शाखाको समुद्घाटन गरेका हुन् ।
नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या ३५१ पुगेको बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।