२३ असार २०८३, मंगलबार

पर्यटन बोर्डको प्रवर्द्धनमा दोलखामा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता

मंसिर १२, २०८०
काठमाडौं
पर्यटन बोर्डको प्रवर्द्धनमा दोलखामा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता

नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा दोलखाको भीमेश्वर नगरपालिकासँगको समन्वयमा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुने भएको छ ।

नोभेम्बर २७ देखि २९ सम्म ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गड्स’को आयोजना गरिएको बोर्डले जनाएको छ ।

काठमाडौंबाट करिब १३५ किलोमिटर दुरीको मध्य नेपालको दोलखामा हुने उक्त दौड कार्यक्रममा अभ्यास दिवस, सीडिङ रन र रेस डे समावेश गरिने बोर्डमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले दोलखा माउन्टेन बाइकिङका लागि अर्को गन्तव्य बन्ने बताए ।

नेपाल पर्यटन बोर्डका  कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले कार्यक्रमले दोलखालाई मात्रै नभई नेपाललाई टप माउन्टेन बाइकिङ गन्तव्यका रूपमा चिनाउने बताए । प्रतियोगिताले दोलखालाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा थप परिचित बनाउने उनको भनाइ थियो ।

यस्तै, बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले दोलखाले सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक अनुभवहरूको पूर्ण प्याकेज प्रदान गरेको बताउँदै कार्यक्रमले दोलखालाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने बताए ।

प्रतियोगितामा पहिलो क्याटोगोरीमा एलिट समूह, दोस्रोमा खुला वर्ग, तेस्रोमा मध्यम तथा चौथो स्तरमा रमाइलो वर्ग गरी समूहमा वर्गीकरण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्