२२ जेठ २०८३, शुक्रबार

बुटवल पुगेर देउवाले भने– बालकृष्ण खाणले न्याय पाउनेमा विश्वस्त छु

मंसिर १२, २०८०
बुटवल
बुटवल पुगेर देउवाले भने– बालकृष्ण खाणले न्याय पाउनेमा विश्वस्त छु

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता बालकृष्ण खाँणले न्याय पाउने बताएका छन् । कांग्रेस रूपन्देहीको जिल्ला सम्मेलनको मंगलवार खाणको गृहक्षेत्र बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले सर्वोच्चमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने बताउँदै उनले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए । 

‘अदालतमा विचाराधीन रहेका कतिपय कुराहरूमा हामीले बोल्न मिल्दैन । तर, खाणले न्याय पाउनेछन्,’ देउवाले भने ।

सो अवसरमा उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । विमानस्थल नियमित सञ्चालनमा भइरहेको ढिलाइबारे सरकार र सरोकारका सबै पक्षसँग परामर्श गर्ने उनले बताए । 

विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तथा कार्यालयका कारणले समस्या रहेको भए काठमाडौं गएर विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, सम्बन्धित मन्त्री र सरोकारवालालाई बोलाएर कुरा गर्ने प्रतिबद्धता पनि उनले जनाए । विमानस्थल शिलान्यासदेखि उद्घाटनसम्म कांग्रेस सरकारमा भएको बेला भएको स्मरण गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यसलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइ अन्तर्राष्ट्रिय विमान उडाइ छाड्ने उद्घोष गरे । 

कार्यक्रममा केन्द्रीय सदस्य भरतकुमार शाहले जिल्ला सम्मेलनबाट पार्टीले गति लिँदै आफ्नो छाप छाड्ने विशवास व्यक्त गरे । देशको आर्थिक अवस्था र व्यवस्थाका विषयमा जनताले कांग्रेसलाई हेरेको बताउँदै उनले अहिलेको कठिन परिस्थितिमा पूर्ण प्रजातन्त्र, देश र जनताको पक्षमा पार्टी दायाँबाँया नहुने प्रतिबद्धता जनाए ।

सभापति देउवानिकट कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी पाइएपछि अहिले पुर्पक्षका लागि जेलमा छन् । देउवाले उनलाई अनुशासनको कारबाहीसमेत गरेका छैनन् । उल्टै बचाउमा लागिरहेका छन् ।   
 

salt training

कमेन्ट गर्नुहोस्