
काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
महानगरले मंगलवार एक विज्ञप्ति जारी गर्दै प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको हो ।
सूचना प्रकाशित भएको मितिले १५ दिनपछि काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइने महानगरले जनाएको छ ।
सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा सामान जफत गरिनुका साथै कानूनअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ अनुसार महानगरभित्र रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्याण, गृह, क्लबहरू, सार्वजनिक शौचालयहरू, होटल, रेष्टुरेण्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयहरू लगायतका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य तदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको महानगरद्वारा जारी सूचनामा भनिएको छ ।
यस्तो छ महानगरको सूचना
