२३ असार २०८३, मंगलबार

तिलामा घर बनाउँदा नक्सा पास अनिवार्य

मंसिर १२, २०८०
जुम्ला
तिलामा घर बनाउँदा नक्सा पास अनिवार्य

जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्रै पक्की घर तथा भवन बनाउन पाइने भएको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत भीमा कँडेलको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेर मात्रै निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत कँडेलले भनिन्, “यसअघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको थिएन । म कार्यकारी भएर आएदेखि  नक्सा पास तथा निर्माण इजाजतको लागि कार्यपालिकाबाट निर्णय गरेर कार्यविधि पारित गरी यस्तो व्यवस्था गरिएको हो ।  पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवनको निर्माण सुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि यस्तो व्यवस्था गरिएको हो । यसो गर्न नौवटै वडालाई परिपत्र गरिएको छ । नक्सा पास नगरी निर्माण कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।” 

गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई  व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए । नक्सा पास गरिसकेपछि निर्माण कार्य गर्दा पालना गर्नुपर्ने शर्तहरु लागू गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्