२८ जेठ २०८३, बिहीबार

१७ दिनपछि सुरुङमा फसेका ४१ जना कामदारको जिवितै उद्धार

मंसिर १२, २०८०
काठमाडौं
१७ दिनपछि सुरुङमा फसेका ४१ जना कामदारको जिवितै उद्धार

भारतको उत्तरकाशी सुरुङमा फसेका ४१ जना मजदुरको मंगलबार जिवितै उद्धार गरिएको छ । 
१७ दिनदेखि सुरुङमा फसेका उनीहरुलाई स्वागत गर्न उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी र केन्द्रीय मन्त्री भीके सिंह उपस्थित थिए । 
मजदुरहरूलाई फूलको माला लगाएर ताली बजाएर स्वागत गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको सुरुङमा फसेका ४१ जना मजदुरको सुरक्षित उद्धारलाई भावनात्मक सफलताको संज्ञा दिएका छन् । मोदीले भनेका छन्, ‘उत्तरकाशीमा हाम्रा मजदुर भाइहरूको उद्धार अभियानको सफलताले सबैलाई भावुक बनाएको छ।’

दीपावलीको दिन मजदुरहरू सुरुङमा काम गरिरहेका थिए। तर सुरुङ भित्र पसेपछि मजदुरहरू ६० मिटर लामो भग्नावशेषको  पर्खालमा फसेका थिए । त्यसपछि क्रमशः भग्नावशेष हटाउने काम भएकोमा आज सफलता हासिल भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्