३२ असार २०८३, बिहीबार

प्रधान सेनापतिसँग भारतीय टोलीको भेट

मंसिर १३, २०८०
काठमाडौं
प्रधान सेनापतिसँग भारतीय टोलीको भेट

 प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेको भारतीय नेशनल क्याडेट क्रप्सकाेको प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेको छ । त्यस अवसरमा भ्रमण दलका सदस्यहरूले युथ एक्सचेन्ज प्रोगामका दौरान नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेकोमा आभार प्रकट गर्दै प्रधान सेनापति समक्ष आफ्नो भ्रमण अनुभव प्रस्तुत गरेका थिए ।

मंसिर ५ गते नेपाल आइ पुगेको भारतीय टोली मंसिर बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । टोलीमा २० जना सहभागी छन् ।

  नेपालमा पनि वि.सं.२०२२ सालमा राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । आर्थिक वर्ष २०७९/८० सम्म जुनियर डिभिजन र सिनियर डिभिजन गरी कुल ६६,७७६ (छैसठ्ठी हजार सात सय छयहत्तर) जना छात्र छात्राहरूले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरिसकेका छन् । यस वर्ष उक्त तालिममा ७,७०४ (सात हजार सात सय चार) जना छात्र छात्राहरू सहभागी भई रहेका छन् ।

 वि.सं.२०२६ सालबाट राष्ट्रिय सेवा दल, नेपाल युथ एक्सचेन्ज प्रोगाममा सहभागी हुँदै आएको छ भने वि.सं.२०५६ सालबाट नेपालमै युथ एक्सचेन्ज प्रोगाम आयोजना गर्न थालिएको हो । यस कार्यक्रम अन्तरगत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा ४२३ जना क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन् ।
यसपटक नेपाल भ्रमणमा आएको भारतीय टोलीले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीमा सहभागी हुनुको साथै काठमाडौँ उपत्यका र वरपरका इलाकाहरूको भ्रमण गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्