१७ असार २०८३, बुधबार

नुवाकोटमा सकेर रसुवामा सुरु भयो केरुङ–काठमाडौँ रेलमार्गको सर्वेक्षण

मंसिर १३, २०८०
काठमाडौं
नुवाकोटमा सकेर रसुवामा सुरु भयो केरुङ–काठमाडौँ रेलमार्गको सर्वेक्षण

नेपाल र चीनबिचको मित्रताको ‘प्रतीक’का रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्ग अन्तर्गत नुवाकोट खण्डको हवाई सर्वेक्षण (एरियल सर्भे) सम्पन्न भएको छ । हाल चीनमा रहेका रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले नुवाकोट खण्डको हवाई सर्वेक्षण सम्पन्न भएर अहिले रसुवा खण्डको सर्वेक्षण सुरु भएको जानकारी दिए ।

‘रसुवा खण्डको सर्वेक्षणपछि काठमाडौं खण्डको काम तुरु हुन्छ’, उनले भने, ‘अहिले चीनको प्राविधिक टोलीले डोनमार्फत तस्बिर र भिडियो खिचेर सर्वेक्षण गरिरहेको छ। सो सर्वेक्षण गर्न गत वर्ष पुसको अन्तिम साता चीनको रेलवे प्राबिधिक टोलो नेपाल आएको थियो ।’

ड्रोनमार्फत सर्वेक्षण गर्नुपर्ने भएकाले कानुनी प्रक्रिया पूरा गरी विभिन्न निकायबाट अनुमति लिनुपर्दा सर्वेक्षण कार्य केही ढिलो हुन गएको उनले स्पष्ट पारे। सम्झौता अनुसार ४२ महिनाभित्र सो आयोजनाको सम्पूर्ण सर्वेक्षण पूरा गर्नुपर्ने छ ।

जसमध्ये एक वर्ष लगाएर मात्र नुवाकोट खण्डको सर्वेक्षण सम्पन्न गरिएको हो । अझ दुई वटा जिल्लाको सर्वेक्षण बाँकी छ ।गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्