२५ जेठ २०८३, सोमबार

लोकसेवा आयोग गण्डकी प्रदेशले माग्यो कर्मचारी [सूचनासहित]

मंसिर १३, २०८०
काठमाडौं
लोकसेवा आयोग गण्डकी प्रदेशले माग्यो कर्मचारी  [सूचनासहित]

लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रदेश निजामति सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी बुधबार आयोगले दरखास्त आह्वान गरेको हो । 

दरखास्त दिने अन्तिम मिति पुस ३ सम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस २० सम्म पनि आवेदन दिन सकिनेछ । 
आवेदन दिँदा २०८०।०९।०३ सम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको साथै महिला वा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

साथै स्वास्थ्य सेवा तर्फका पदमा दरखास्त दिन उमेरको हद १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। तर सङ्घीय निजामती सेवा, जुनसुकै प्रदेशको प्रदेश निजामती सेवा र स्थानीय सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद नलाग्ने सूचनामा उल्लेख छ । 

null

salt training

कमेन्ट गर्नुहोस्