२० असार २०८३, शनिबार

बलिउडमा प्रवेश गर्दै प्रदीप खड्का [भिडियो]

मंसिर १३, २०८०
काठमाडौं
बलिउडमा प्रवेश गर्दै प्रदीप खड्का [भिडियो]

नेपाली चलचित्रका चकलेटी अभिनेता प्रदीप खड्का बलिउडमा प्रवेश गर्ने पक्का भएको छ । उनको पहिलो हिन्दी चलचित्र ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ ।

भिडियो सार्वजनिक गर्दै चलचित्रको टाइटल घोषणा गरिएको हो । 

यो चलचित्र हिन्दीसहित विभिन्न भाषामा बन्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ । 

भारतीय चलचित्रका वितरक सुवास काले, प्रशान्त कुमार गुप्ता र राजन कुँवरले यसमा लगानी गर्न लागेका हुन् । 

चलचित्रलाई जीवन थापाले निर्देशन गर्नेछन् । चलचित्र आउँदो वर्ष २०२४ मा रिलिज हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्