३० जेठ २०८३, शनिबार

काठमाडौंको शङ्खमूलबाट नक्कली नोटसहित १ जना पक्राउ

मंसिर १३, २०८०
काठमाडौं
काठमाडौंको शङ्खमूलबाट नक्कली नोटसहित १ जना पक्राउ
फाइल फोटो

काठमाडौंको शङ्खमूलबाट नक्कली नोटसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–४ घर भई काठमाडौंको शङ्खमूल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन् । उनलाई मङ्गलवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

शङ्खमूलस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको व्यक्ति रहेको सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई नियन्त्रणमा लिएको हो ।

चेपाङको साथबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्