०७ असार २०८३, आइतबार

विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ

मंसिर १३, २०८०
काठमाडौं
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ

इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ ।

हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि  विपिनको कुनै समाचार नआउँदा उनका बाआमा साह्रै चिन्तित छन् । आज गृहजिल्ला आइपुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरेका छन् । “कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु”, आमा पद्माले भनिन्, “समाचार हेर्र्दै दिन बित्छ ।” 

विपिन गत असोज २० गतेदेखि  सम्पर्कविहीन छन् । उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । 

नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको बताएको छ । विपिनका बुवा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्