३० जेठ २०८३, शनिबार

कोप–२८ मा भाग लिन प्रधानमन्त्री यूएईतर्फ [तस्वीरहरू]

मंसिर १३, २०८०
काठमाडौं
कोप–२८ मा भाग लिन प्रधानमन्त्री यूएईतर्फ [तस्वीरहरू]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२८)मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

null

प्रधानमन्त्री प्रचण्ड बुधवार त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । उनी बुधवार राति ९ः३० बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीसँगै वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो पनि सहभागी छन् । 

null

त्यस्तै, प्रधानमन्त्रीपुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, वन मन्त्रालयका सचिव दीपककुमार खरेललगायत पनि सहभागी छन् ।​

null

यूएई जानुअघि प्रधानमन्त्री प्रचण्डले बुधवार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमै गएर भेटवार्ता गरेका थिए ।

null

कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म यूएईको दुबईमा हुँदैछ ।

null

प्रधानमन्त्री प्रचण्डले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्