०३ साउन २०८३, आइतबार

चारवटा प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

मंसिर १४, २०८०
काठमाडौं
चारवटा प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

आज दिउँसो ६ वटा प्रदेश तथा देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती ६ प्रदेशमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली छन् । 

यस्तै देशका ४ वटा प्रदेश र देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । ती प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनी रहेका छन् ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै रातिको मौसमसमेत प्रायः उस्तै रहेको पाइएको छ ।

‘बागमती,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्