०२ असार २०८३, मंगलबार

हात्तीको आक्रमणबाट सुनसरीमा एक युवाको ज्यान गयो

मंसिर १४, २०८०
विराटनगर
हात्तीको आक्रमणबाट सुनसरीमा एक युवाको ज्यान गयो
फाइल तस्वीर ।

जंगली हात्तीको आक्रमणमा परी सुनसरीमा एक युवाको ज्यान गएको छ । हात्ती धपाउन गएका इटहरी उपमहानगरपालिका– २ का  रविन खड्काको हात्तीकै आक्रमणबाट ज्यान गएको हो । 

हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

बुधवार राति करिब साढे ९ बजेतिर बूढासुब्बा चौक क्षेत्रमा जंगली हात्ती पसेको थियो । धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको हो । 

केही दिनदेखि झापा, मोरङ तथा सुनसरीमा जंगली हात्तीले वितण्डा मच्चाउन थालेको स्थानीयले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्