२५ जेठ २०८३, सोमबार

पाँच खेलमा शतप्रतिशत जीत निकाल्दै रियल समूह विजेता, समूह चरण पार नगर्ने जोखिममा युनाइटेड

मंसिर १४, २०८०
काठमाडौं
पाँच खेलमा शतप्रतिशत जीत निकाल्दै रियल समूह विजेता, समूह चरण पार नगर्ने जोखिममा युनाइटेड

युरोपेली च्याम्पियन्स लिग फूटबल स्पेनिस क्लब रियल म्याड्रिडले लगातार पाँचौ जित दर्ता गरेको छ । घरेलु मैदानमा नापोलीलाई बुधवार राति ४–२ ले पराजित गरेसँगै समूह ‘सी’मा रहेको रियलले ५ खेलमा शतप्रतिशत नतिजा निकालेको हो ।  

खेलमा अग्रता नापोलीले लिएको थियो । तर सर्वाधिक १४ पटकको विजेता रियलले पुनरागमन गरेको हो । जिओभानी सिमिओनीले नवौं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै रोड्रिगोले ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए । २२ औं मिनेटमा जुडे बेलिंघमले गोल गरेपछि रियल पहिलो हाफमा २–१ ले अघि बढ्यो ।

दोस्रो हाफको ४७ औं मिनेटमा जाम्बो अन्गिसाले नापोलीलाई बराबरीमा ल्याए ८४ औं मिनेटमा निको पाजको गोलमा रियल पुनः अघि बढ्यो । अतिरिक्त समयमा जोसेलुले गोल थप्दै रियलको ४–२ को जित पक्का गरे ।

समूहकै अर्को खेलमा ब्रागा र युनियन बर्लिनले १–१ को बराबरी खेले । 

रियल ५ खेलमा १५ अंकसहित समूह विजेता बनेको छ । नेपालीको ७ अंक छ भने ब्रागाको ४ र बर्लिनको २ अंक छ । अन्तिम खेलमा रियलले बर्लिनको सामना गर्दा नापोली र ब्रागा समूह उपविजेता बन्न प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै समूह ‘ए’अन्तर्गतको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र गालातासरे बीचको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएको छ । युनाइटेडले दुई पटक दुई गोलको अग्रता पनि बचाउन सकेन ।

यसै समूहमा कोपेनहेगन र बायर्न म्युनिखको खेल गोलरहित बराबरीमा सकिएपछि युनाइटेड अंक तालिकाको पुछारमा पुगेको छ ।

बराबरीसँगै ३ पटकको विजेता युनाइटेड अर्को चरणमा प्रवेश नगर्ने जोखिम बढेको छ । अंक तालिकामा बायर्न ५ खेलमा १३ अंकसहित समूह विजेता बनिसकेको छ । कोपेनहेगन र गालातासरेकाे ५–५ अंक छ । युनाइटेड ४ अंकसहित पुछारमा छ ।

युनाइटेडले अब अन्तिम खेलमा बलियो बायर्नलाई हराउनैपर्ने दबाब रहेको छ । अर्को खेलमा गालातासरे र कोपेनहेगन भिड्नेछन् । यो खेल दुवैका लागि महत्वपूर्ण हुनेछ ।

बुधवार राति भएका ८ खेलको नतिजाः 

null
 

salt training

कमेन्ट गर्नुहोस्