
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ‘म्याक्सचेञ्ज मेला’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै मेलाको आयोजना गर्न लागिएको हो ।
यही मङ्सिर १५ गते शुक्रवारदेखि १७ गतेसम्म काठमाडौं र भक्तपुरलगायत नेपालभरिका टाटा मोटर्स्को शोरुमहरूमा मेला आयोजना हुने कम्पनीले जनाएको छ ।
‘म्याक्सचेञ्ज मेला’मा निःशुल्क रुपमा ईभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ ।
साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन् ।
यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहक महानुभावहरूले टाटा मोटर्स्को नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन, टेस्ट ड्राइभ तथा सट्टापट्टा गर्न सक्नेछन् । साथै नयाँ गाडी खरिद गरी मेलाको भरपुर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।