×

NIC ASIA

एचआइभी–एड्स सङ्क्रमित व्यक्तिको संरक्षण गर्न आग्रह

काठमाडाैं | मंसिर १५, २०८०

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय मानवअधिकार आयोगले एचआइभी एड्ससम्बन्धी सङ्क्रमित व्यक्तिको मानव अधिकारको प्रभावकारी संरक्षणका लागि भूूमिका निर्वाह गर्न अनुरोध गरेको छ ।  आयोगले विश्व एड्स दिवस (डिसेम्बर १) का अवसरमा एचआइभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र २००१, राजनीतिक घोषणापत्र, वैश्विक एचआइभी एड्स रणनीति २०२१–२०२६, दिगो विकास लक्ष्य, राष्ट्रिय नीति रणनीति अनुसार सन् २०३० सम्म एड्स अन्त्य गर्ने लक्ष्य हासिल गर्न आग्रह गरेको हो ।
      
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सङ्क्रमित व्यक्तिको मानव अधिकारको प्रभावकारी सम्मान, संरक्षण तथा सम्बद्र्धनका लागि तीव्र गति (फास्ट ट्र्याक) प्रणालीअनुसार प्रभावकारी ढङ्गले कार्य अगाडि बढाउनु जरुरी छ ।” आयोगले उक्त व्यक्तिको पहिचान, परीक्षण, उपचार, तथ्याङ्क अद्यावधिक, जनचेतना, जीविकोपार्जन, एआरटीमा उपचार सेवा बाहिर रहेकालाई नियमित सेवामा जोड्न, उपचार सेवा प्रभावकारी बनाउन आग्रह गरेको छ ।

Muktinath Bank

उक्त विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहले प्रभावकारी तवरबाट जनचेतना बढाउन, सबै तहले नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा प्रतिनिधिमूूलक सहभागिता गराउन आयोगले आग्रह गरेको छ ।
त्यस्तै, सङ्व्रmमित व्यक्तिका लागि रोजगारीको व्यवस्था मिलाउन, सीपमूलक तथा आयमूलक कार्यव्रmम लागूू गर्न र सरकारका साथै निजी तथा व्यावसायिक क्षेत्र, नागरिक समाजबाट सहयोग गर्न आयोगले आग्रह गरेको छ ।
 
      आयोगले एचआईभी सङ्व्रmमित व्यक्तिहरुसँग सामाजिक विभेद्, लाञ्छना तथा अपहेलनाजन्य व्यवहार हुँदै आइरहेको, केही एआरटी सेन्टर अनुपयुक्त स्थानमा राखिएको, भौगोलिक दूरीका कारण सहज पँहुचमा नरहेको, गोपनीयताको अधिकारको पूर्ण प्रत्याभूति हुन नसकेको पाइएको जनाएको छ ।
 
       केही सङ्व्रmमित व्यक्ति नियमित उपचार सेवामा नरहेका, सङ्व्रmमित व्यक्तिले यदाकदा स्वास्थ्यकर्मीबाटै लाञ्छनाजन्य व्यवहार खेप्नु परेको लगायतका समस्या देखिएको र त्यसका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वयको अभाव देखिएको आयोगको ठहर छ ।
 
      विश्वमा सन् १९८१ मा एचआइभी सङ्व्रmमण पहिचान भएपश्चात् सन् १९८८ देखि प्रत्येक वर्षको डिसेम्बर १ का दिन मनाउँदै आएको विश्व एड्स दिवस यस वर्ष ३६ औं दिवसको रुपमा “समुदायको नेतृत्वमा एड्स अन्त्य”(ीभतक ऋयmmगलष्तष्भक ीभबमक) नारा सहित नेपालमा पनि मनाइएको छ ।
 
      आयोगले एचआईभी÷एड्स सङ्क्रमित व्यक्तिको मानव अधिकार अवस्थाको निरन्तर अनुगमन गरिरहेको र पछिल्लो पटक गरिएको अनुगमनको व्रmममा आयोगले सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका सङ्व्रmमित व्यक्ति र सरोकारवालासँग जानकारी लिएको जनाएको छ ।
 
      नेपालमा एचआईभीको मुख्य जोखिम समुहभित्र सुईबाट लागु पदार्थ लिने व्यक्ति, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष, ट्रान्सजेण्डर व्यक्ति, पुरुष यौनकर्मी, महिला यौनकर्मी, प्रवासी पुरुष श्रमिक र उनका परिवारका सदस्य रहेका छन् । यु.एन.एड्स प्रतिवेदन, २०२२ र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२२ को अन्त्यसम्ममा नेपालमा एचआइभी सङ्व्रmमितको सङ्ख्या ३० हजार रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x