३१ जेठ २०८३, आइतबार

मरिणाम नदिने संस्थाहरू पुनर्संरचना गर्ने समय आएको छ: मन्त्री किराती

मंसिर १६, २०८०
काठमाडौं
मरिणाम नदिने संस्थाहरू पुनर्संरचना गर्ने समय आएको छ: मन्त्री किराती
फाइल तस्वीर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मरिणाम संस्थाहरू पुनर्संरचना गर्ने समय आएको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले कर्मचारीको काम नगर्ने र एकआपसमा दोषारोपण मात्र गर्ने प्रवृत्ति र परिणाम नदिने क्यान्सर पीडित संस्थाहरूलाई पुनर्संरचना गर्ने सही समय आएको अनुभूति भएको बताएका छन् । 

नेपाल वायुसेवा निगमलाई राष्ट्रिय वाणिज्य बैंकलगायत संस्थाजस्तै र वार्षिक १२ अर्ब कमाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सुरक्षाको सम्पूर्ण जिम्मेवरी सरकारले नै लिनेगरी वार्षिक २० अर्बभन्दा बढीमा व्यवस्थापन करार गर्न सकिने विकल्प उनले प्रस्तुत गरेका छन् । सिंगापुरलागायत विश्वका चर्चित एयरपोर्टहरूजस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्दा कसो होला ? भन्दै उनले प्रश्न गरेका छन् । 

'कर्मचारीको काम नगर्ने र एकआपसमा दोषारोपण मात्र गर्ने प्रवृत्ति र परिणाम नदिने क्यान्सर पीडित संस्थाहरूलाई पुनर्संरचना गर्ने सही समय आएको अनुभूति भएको छ,' उनले लेखेका छन्, 'नेपाल वायुसेवा निगमलाई राष्ट्रिय वाणिज्य बैंकलगायत संस्थाजस्तै र वार्षिक १२ अर्ब कमाउने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई पनि  सुरक्षाको सम्पूर्ण जिम्मेवरी नेपाल सरकारले नै लिनेगरी वार्षिक २० अर्बभन्दा बढी दिन्छ भने व्यवस्थापन करारगरी सिंगापुरलागायत विश्वका चर्चित एयरपोर्टहरू जस्तै सञ्चालन गर्दा कसो होला ? लोकतन्त्रमा जनता प्रधान हुन्छ त्यसैले जनमत जाहेर गरौं ।'

salt training

कमेन्ट गर्नुहोस्