
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन तहका सरकारमा रहेका पार्टीका जनप्रतिनिधिहरूले जनताले महसुस हुनेगरी काम गरेमा गौडा–गौडामा ढुकेर बसेका राजावादी आफैँ ठीक ठाउँमा आउने बताएका छन् ।
शनिवारदेखि बुटवलमा शुरू भएको कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले कम्तीमा कांग्रेसले नेतृत्व गरेको मन्त्रालय, स्थानीय तह र वडामा ८४ मा झुकेर नभई छाती फुलाएर भोट माग्न सक्नेगरी काम गरे राजावादीहरू लाइनमा आउने दाबी गरे ।
पूर्वमन्त्रीसमेत रहेका थापाले ६० सालअघिको पुस्तालाई राजतन्त्रबारे थाहा नभएकाले त्यो पुस्तालाई बुझाउनुपर्ने आवश्यक रहेको पनि बताए ।