
नेपाल सुपर लिग (एनएसएल) फूटबल प्रतियोगिताको दोस्रो संस्करणमा ललितपुर सिटी एफसी र धनगढी एफसीले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको खेलमा ललितपुरले साबिक उपविजेता धनगढीलाई गोलरहित बराबरीमा रोकेको हो ।
शीर्ष स्थानको धनगढीविरुद्ध हार टार्दै ललितपुरले एक अंक प्राप्त गरेको छ ।
बराबरीसँगै दुवै टोलीले अपराजित यात्रालाई कायम राखेका छन् । तीन खेलमा ललितपुरको पाँच अंक छ भने समान खेलबाट धनगढीले सात अंक जोडेको छ । यस बराबरीले धनगढीले अंक दूरी बढाउने मौका भने गुमाएको छ ।