०१ असार २०८३, सोमबार

ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते

मंसिर १७, २०८०
तनहुँ
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते

ट्रकले ठक्कर दिँदा शनिबार तनहुँमा एक महिलाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो । 

मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र छ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्