×

सरसर्ती २४ घण्टा

चिनियाँ कम्पनीसँग ठेक्का रद्द गर्ने तयारी, कहिले आउला मेलम्चीको पानी ?

काठमाडाैं | मंसिर १७, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्ममुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

Laxmi Bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक रहेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूबई)को दुबईमा आयोजना भइरहेको कोप–२८ सम्मेलनका क्रममा हिमाली मुलुकले भोगिरहेको जलवायु परिवर्तनका असरबारे छलफल सत्रको अध्यक्षता गर्दैै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । 
‘हिमाल, हिमाली सभ्यता एवम् हिमाली समुदायले भोगिरहेका समस्या बुझेर समाधान खोज्न जलवायु परिवर्तनसँग सम्बन्धित संवादको थालनी गर्न म आग्रह गर्दछु,’ उनले भने, ‘हामी आफैँलाई बनाउन पहिला हिमाल बचाऔँ भनेर विश्व समुदायसँग आग्रह गर्दछु ।’


Advertisment

प्रचण्डले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको समेत बताएका छन् ।
००००
प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयलाई साँघुरो घेराबाट हेर्न नहुनेमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ ।


Advertisment

अध्यादेशबाट सार्वजनिक भएको बजेट प्रतिस्थापन चालु आर्थिक वर्षको विधेयकमार्फत पारित भएपछि मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखसँग छलफल गरेका छन् । मुख्यमन्त्री कार्कीले पहिचाहनलाई भाषा, संस्कृति र परम्परालाई एकै ठाउँमा राखेर हेरिनुपर्ने बताएका थिए ।

 पहिचाहनको मुद्दालाई राजनीतिक लाभसँग जोडेर हेर्न नहुने भन्दै मुख्यमन्त्री कार्कीले बजेटले प्रदेशको समग्र पहिचानलाई समेट्ने प्रयास गरेको भेटपछि बताए ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन तहका सरकारमा रहेका पार्टीका जनप्रतिनिधिहरूले जनताले महसुस हुनेगरी काम गरेमा गौडा–गौडामा ढुकेर बसेका राजावादी आफैँ ठीक ठाउँमा आउने बताएका छन् ।

शनिवारदेखि बुटवलमा शुरू भएको कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा पार्टी वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई शनिवार बुटवलमा सम्बोधन गर्दै नेता कोइरालाले एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता–कार्यकर्तालाई आग्रह गरे ।
००००
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्घता व्यक्त गरेका छन् ।

चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिवार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको कामलाई हरहालतमा सफल पारेर भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताए । उनले भने, ‘भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने जुन उद्देश्य राखेका छौँ हरहालतमा त्यो पूरा गरी छाड्ने सङ्कल्प गरेका छौँ ।’

००००
रुपन्देहीमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ मा शनिबार बिहान सिद्धार्थ बोर्डिङ स्कूलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
००००
सरकारले मेलम्ची खानेपानी आयोजनाको काम गर्ने ठेकेदार चिनियाँ कम्पनीसँग ठेक्का रद्द गर्ने तयारी गरेको छ । खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ठेक्का रद्द गर्ने तयारी गरेको हो । 

काठमाडौँ उपत्यकावासीलाई खानेपानी नआइरहेको बेला खानेपानी मन्त्री महेन्द्रराय यादव त्यसको अनुगमनमा मेलम्ची पुगेका छन् । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौं झानुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यवसायीसँग छलफलमा समेत जुटेको उनको सचिवालयका टङ्क धमलाले जानकारी दिए।

बाढीका कारण मेलम्चीका ७ नम्बर गेट, ९ नम्बर गेड, १९ नम्बर गेट र २१ नम्बर गेटमा क्षति र्पुयाएको मेलम्ची खानेपानी आयोजनाको कार्यालयले जनाएको छ। क्षति पुर्‍याएका संरचना निर्माणदेखि मर्मत गरेर पानी काठमाडौंमा पठाउनुपर्ने अवस्था रहेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए।

उनले भने, ‘यति दिनमा पानी काठमाडौं पुग्छ भन्न सक्ने अवस्था छैन, काम तीब्र गतिमा सुरु भएको छ, पानी काठमाडौंमा महिना दिनमा र्पुयाउने आशा गरेका छौँ।’

प्राविधिक र अन्य समस्या भएकाले यति दिन भित्र पानी पुग्छ भन्न सकिने अवस्था नभएको र अन्य समस्या र अवरोध नआए एक महिनामा पानी काठमाडौं पुग्ने उनको भनाइ छ।
००००
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एयरलाइन्सको टिकट चोरी गरेको घटनामा थप एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्वत घर भएका मस्याङ्दी ट्राभल्सका सञ्चालक ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेका सीआईबीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।
००००
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताएकी छिन् ।

सल्यानको कपुरकोट गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा उनले सरकारको प्राथमिकता सुशासन र गुणस्तरीय सेवा प्रवाह भएकाले स्थानीय सरकारले पनि नागरिक केन्द्रित सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताइन् ।
००००
नेपाल सुपर लिग (एनएसएल) फूटबल प्रतियोगिताको दोस्रो संस्करणमा ललितपुर सिटी एफसी र धनगढी एफसीले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको खेलमा ललितपुरले साबिक उपविजेता धनगढीलाई गोलरहित बराबरीमा रोकेको हो ।
 

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

शुभ विजया !

शुभ विजया !

असोज २६, २०८१

आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

x