२५ जेठ २०८३, सोमबार

म्यानचेस्टर युनाइटेड पराजित

मंसिर १७, २०८०
काठमाडौं
म्यानचेस्टर युनाइटेड पराजित

न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई एक महिनामा दोस्रो पटक पराजित गरेको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई १-० हराएको हो । 

न्युक्यासलका लागि एन्थोनी गोर्डनले ५५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनल विजयी भएको छ । बुकायो साका र मार्टिन ओडेगार्डको गोलको मद्दतमा आर्सनलले वल्भ्समाथि २–१ को जीत निकालेको हो । 

प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्