×

NMB BANK
NIC ASIA

‘परदेशी २’ले मनायो ५१ औं दिन

काठमाडाैं | मंसिर १७, २०८०

NTC
Sarbottam
तस्वीर : मिराज अर्याल
Premier Steels
Marvel

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ । 

Muktinath Bank

असोजको २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले शनिवार राजधानी र मोफसलका केही हलमा यो सफलता प्राप्त गरेको हो । चलचित्रले ५१ दिन पूरा गरेको अवसरमा निर्माण पक्षले केक काटेर खुशीयाली साटेको छ । शनिवार बेलुका आयोजित सेलिब्रेट कार्यक्रममा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्माता राजेश वंशलसहित चलचित्रको उपस्थित टिमले केक काटेर खुशी साटेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा बोल्दै अभिनेता सपूतले पहिलो चलचित्रले नै ५१ दिन मनाउनु आफ्नो लागि अविश्वसनीय सफलता रहेको बताए । ‘बच्चैदेखि चलचित्र खेल्ने सपना देखेको थिएँ । त्यो सपना पूरा भयो र त्यसले सफलताको इतिहास पनि लेख्यो’ उनले भने, ‘यो मेरो लागि अविश्वसनीय सफलता हो । दर्शकबाट पाएको अपार प्रेमको हद हो । सबैप्रति कृतज्ञ छु ।’ 


Advertisment
Nabil box
Kumari

अभिनेत्री अधिकारीले ५१ दिनको सेलिब्रेसनको पल आफ्नो लागि पहिलो रहेको बताइन् । ‘लगभग ३३ चलचित्रमा कलाकार भएर अभिनय गर्ने मौका पाउँदा, १३ वर्षको करिअर ग्राफमा यो मोमेन्ट पहिलोपटक अनुभव गर्ने मौका पाएकी छु’ उनले भनिन् ‘उसो त योभन्दा अगाडि ‘छ माया छपक्कै’ पनि ५१ दिन पूरा गरेको चलचित्र हो । तर, यसरी सेलिब्रेट गर्ने मौका पाएका थिएनौँ । त्यसैले यो मोमेन्ट मेरो लागि धेरै महत्वपूर्ण छ ।’ 

Vianet communication
Laxmi Bank

निर्माता वंशलले चलचित्रकर्मी र चलचित्रका लागि दर्शक सबैभन्दा ठूलो पक्ष रहेको बताउँदै चलचित्र निर्माणदेखि प्रदर्शनसम्म आउँदा जोडिने सम्पूर्ण व्यक्तिलाई धन्यवाद दिए । 

राजधानीसहित मोसफलका केही हलमा चलचित्र प्रदर्शन भइरहेको बताउँदै विश्वका धेरै देशहरूमा प्रदर्शन सुरु भइसकेको उनले जानकारी दिए । 

वितरक एफडी कम्पनीका छवीराज ओझाले पछिल्लो समय चलचित्रलाई हलमा एकसाता पनि टिक्न मुस्किल भइरहेको समयमा ‘परदेशी २’को यो सफलता आफैमा ठूलो रहेको बताए । 

गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालले ‘परदेशी २’ले आफूहरूको हलमा दर्शकको उत्साहपूर्ण साथसहित ५१ दिन पूरा गरेकोमा खुशी व्यक्त गर्दै निर्माण टिमलाई बधाई दिए । चलचित्रका निर्देशक रायमाझी भने विदेश प्रदर्शनका लागि अमेरिकामा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । अभिनेत्री वर्षा शिवाकोटी काठमाडौं बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिइयो । 


यो चलचित्रले नेपालमा ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथामा बनेको चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । 

चलचित्रमा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको समेत शीर्ष भूमिका छ ।

सुदिप कुवँर मुख्य सहायक निर्देशक रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी र अष्ट महर्जनको द्धन्द्ध छ । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । राजेन्द्र मोक्तानको कलर, दिनेश विष्ट र मनोज श्रेष्ठको भिएफएक्स, श्यामश्वेत रसाइलीको साउण्ड डिजाइन रहेको चलचित्रको पब्लिसिटी डिजाइन मिराज अर्यालले गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x