१७ असार २०८३, बुधबार

महिलालाई यौन धन्दामा लगाएको आरोपमा पक्राउ, अभद्र व्यवहारको मुद्दामा म्याद थप

मंसिर १७, २०८०
काठमाडौं
महिलालाई यौन धन्दामा लगाएको आरोपमा पक्राउ, अभद्र व्यवहारको मुद्दामा म्याद थप
फाइल फोटो

महिलाहरूलाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा पक्राउ परेका व्यक्तिलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरिएको छ ।

१० जना महिलालाई यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिवार सुरेशकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

आज उनलाई अभद्र व्यवहारको मुद्दा चलाइएको छ ।

‘हिजो पक्राउ गरेका हौं, अभद्र व्यवहारमा ५ दिनको म्याद थप भएको छ,’ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले लोकान्तरसँग भने ।

श्रेष्ठलाई प्रहरीले काठमाडौंको एक क्यासिनोमा महिलालाई राखेर यौन धन्दामा लगाउने गरेको सूचनाका आधारमा पक्राउ गरेको थियो । तर पीडितहरू नभएका कारणले उनलाई अभद्र व्यवहारमा म्याद थप गरिएको एक अधिकारीले लोकान्तरलाई बताए ।

उनले भीआईपी युवतीहरूलाई यौन धन्दामा लगाउने गरेको प्रहरी स्रोत बताउँछन् ।​​

पीडित महिलाहरूले जाहेरी दिन नआएकाले अभद्र व्यवहारमा म्याद थप गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

तर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा को (घ) अनुसार श्रेष्ठलाई वेश्यागमनमा कानूनी प्रकृया अगाडि बढाउन सक्ने आधार हुँदा हुँदै पनि अभद्र व्यवहारमा म्याद थप गरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्