![चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक [भिडियो]](https://lktcdn2.prixacdn.net/media/dayahang_upasana_PuDAQgzWFw.jpg)
नेपाली चलचित्र ‘हात्तीछाप’को टिजर आइतवार सार्वजनिक गरिएको छ । मल्टिस्टारर यो चलचित्र सिमोस सुनुवारको निर्देशनमा तयार भएको हो । अधिकांश शीर्ष कलाकारहरू अटाएको टिजरमा मायाप्रेम, राजनीतिक विषय र कमेडीको समीश्रण छ ।
दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विल्सन बिक्रम राई, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल लगायतको अभिनय रहेको चलचित्र माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।
गतवर्षको सफल चलचित्र ‘२ नम्बरी’को सफलतापछि सोही टिमले निर्माण गरेको ‘हात्तीछाप’मा दयाहाङ र सौगातले एकसाथ काम गरेका हुन् ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।