
सोमालियाको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मध्य सोमालियाको क्षेत्रमा आक्रमण गर्न पुनः समूहबद्ध भएका अल–शबाब लडाकू र उनीहरूका कमान्डरलाई लक्षित गरी उक्त कारबाही गरिएको हो ।” मन्त्रालयले भनेको छ, “सोमालियाली सेना र अन्तर्राष्ट्रिय साझेदारहरूले त्यस क्षेत्रमा धेरै आतङ्कवादी अखडा र हतियारहरू पनि नष्ट गरेका छन् । सेनाले अझै पनि घटनास्थलबाट भागेका आतङ्ककारीहरूको खोजी गरिरहेको छ ।” अल–शबाब समूहले पछिल्लो सैन्य कारबाहीबारे कुनै टिप्पणी गरेको छैन । सोमालियास्थित अफ्रिकी सङ्घ मिसनको सहयोगमा सोमालियाली सरकारी सेनाले सन् २०११ मा अल–शबाबलाई मोगादिशुबाट लखेटेको थियो । यद्यपि, आतङ्कवादी समूह अझै पनि सरकारी प्रतिष्ठान, होटल, रेस्टुरेन्ट र सार्वजनिक स्थललाई लक्षित गरी आक्रमण गर्न सक्षम छ ।