२३ जेठ २०८३, शनिबार

सरकारको जोगियो २६ अर्ब

मंसिर १८, २०८०
काठमाडौं
सरकारको जोगियो २६ अर्ब

करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा २६ अर्ब ६० करोड रुपियाँ नोक्सानी घटेको आन्तरिक राजस्व विभागले जनाएको छ । 

विभाग अन्तर्गत ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा आन्तरिक राजस्व कार्यालयमार्फत गरिएको पूर्ण कर परीक्षणबाट लक्ष्यभन्दा ७१ प्रतिशत बढी नोक्सानी घटाइएको विभागले जनाएको छ । गत आवमा विभागले पूर्ण कर परीक्षणमार्फत १५ अर्ब ५०  करोड  रुपियाँ  नोक्सानी  घटाउने  लक्ष्य  राखेको  थियो  तर लक्ष्यभन्दा ११ अर्ब रुपियाँ बढी कर नोक्सान हुनबाट जोगिएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

गत आवमा विभागले छ हजार ५३९ वटा कर विवरणको पूर्ण परीक्षण गर्ने लक्ष्य लिएको थियो । जसमध्ये चार हजार दुई सय नयाँ र बक्यौता रहेको पुरानो दुई हजार ३३९ वटा विवरणको परीक्षण गर्ने विभागको लक्ष्य थियो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्