
नेकपा (एकीकृत समाजवादी)ले पहिलो महाधिवेशनमा आगामी जेठ ३ देखि ७ गतेसम्म हुने भएको छ । काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
महाधिवेशनअघि माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने पनि उनले बताए । यो सम्मेलनको व्यवस्थापनको लागि गंगालाल तुलाधारको संयोजकत्वमा समिति गठन भएको छ । बैठकले विधान संसोधनको लागि संगठन विभाग प्रमुख डा वेदुराम भुसालको नेतृत्वमा कार्यदल पनि गठन गरेको छ ।
एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । यसअघि पनि तोकिएको महाधिवेशन सर्दै आएको छ । यसअघि माघ १४ गतेका लागि महाधिवेशन तोकिएको थियो ।
बैठकका लागि तोकियो मिति
एकीकृत समाजवादीको सचिवालय बैठकले विभिन्न तहका बैठकको मिति पनि सार्वजनिक गरेको छ ।
मंसिर २८ र २९ गते सचिवालय बैठक, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय भएको खतिवडाले जानकारी दिए ।