×

NMB BANK
Dabur

समयमै भुक्तानी नहुँदा बागलुङका दर्जनभन्दा बढी साना–ठूला आयोजना अलपत्र

काठमाडाैं | मंसिर १९, २०८०

NTC
Premier Steels
Marvel

ढोरपाटन– समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला दर्जनौँ आयोजना अलपत्र परेका छन् । कतिपय आयोजना निर्माण कम्पनीको लापरबाहीले त कतिपय बजेट अभावका कारण अलपत्र परेका हुन् । 

Sagarmatha Cement

पछिल्लो समय धमाधम काम भइरहेका आयोजना पनि भुक्तानीका कारण रोकिएका छन् । विशेष गरी भुक्तानी नहुँदा दुई ठूला आयोजना ठप्प भएका छन् । बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गतको बागलुङ बजार, सिगाना, बरेङ–गुल्मी शान्तिपुर सडक र निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको हरिचौर, मल्म–पाण्डपखानी रमुवा, रणसिंह, भिमगिठे हुँदैँ प्युठान जोड्ने सडकको काम ठप्प भएका हुन् । सडक निर्माण ठप्प हुँदा स्थानीयवासीलाई सास्तीसँगै समयमै काम नहुँदा बनेका संरचना जीर्ण बन्ने थप लागत बढ्ने जोखिम बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेट अभावमा दुई ठूला आयोजनासहित बागलुङ र पर्वत जोड्ने जैमिनीघाट मोटरेवल पुल, बडिगाड मोटरेवल पुलमा, बोङ्गादोभान पुललगायतका दर्जन बढी आयोजना अलपत्र पर्ने अवस्थामा पुगेका हुन् । बजेट अभावमा खास गरी बहुवर्षे आयोजनाका कामले गति लिन सकेको छैन । दुई वटा निर्वाचन क्षेत्र अन्तर्गतका सडकमा निर्माण कम्पनीले धमाधम काम गरेका थिए । 


Advertisment
SBL

गत आर्थिक वर्ष काम गरेको करोडौँ रकम पाउन नसकेपछि कामदार र मेसिन फिर्तासमेत लगेका छन् । समयमै भुक्तानी नहुँदा आफूहरुले ठूलो नोक्सान बेहोर्दै आएको निर्माण कम्पनी बताउँछन् । 

Vianet communication
Laxmi Bank

निर्वाचन क्षेत्र नं १ अन्तर्गतको बागलुङ बजार, सिगाना, बरेङ–गुल्मी शान्तिपुर सडकको जिम्मा पाएको निर्माण कम्पनी कर्ण विल्डर्सले जिल्लामै सबैभन्दा छिटो काम गरेर आयोजना समयमै सक्ने अवस्थामा पुगेको थियो । तर अहिले काम रोकिएपछि निर्माणाधीन सडकको अवस्था निकै जोखिमयुक्त बनेको छ । तीस महिनाको समय पाएको निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत बढी काम गरेको छ । भुक्तानी नपाएपछि करिब छ महिनादेखि काम रोकिएको छ ।

कर्ण विल्डर्सका प्रमुख नवीन गुरुङले गतवर्ष काम गरेको रु दुई करोड ५० लाख अहिलेसम्म पाउन नसक्दा काम रोक्न बाध्य भएको बताए । निर्माणका लागि सडक डिभिजन कार्यालयसँग रु २९ करोडको सम्झौता गरेको काम सुरु गरेको भन्दै हालसम्म रु नौ करोड ५० लाखभन्दा बढीको काम गरेको उनले बताए । 

‘लामो समय भुक्तानी पाउन सकिएन, भुक्तानी नपाएपछि काम गर्न सक्ने अवस्था आएन, त्यसले गर्दा अहिले काम रोकिएको छ, कामदार र मेसिन पनि अन्तै पठायौँ, म्याद सकिनुभन्दा अगाडिनै काम सक्ने उद्देश्य थियो, काम रफ्तारमा भएको थियो तर भुक्तानी आएन,’ गुरुङले भने, ‘अहिले व्यवहार मिलाउन साह्रै गाह्रो भएको छ, यस मितिमा भुक्तानी हुन्छ भन्दा बित्तिकै मैले तत्काल कामदार र मेसिन लगाएर काम थालिहाल्थे, तर भुक्तानी कहिले हुन्छ भन्ने थाहा छैन, समयमै काम नगर्दा हाम्रो पनि लागत बढ्ने, बनाएका ‘बेस’ बिग्रिने हुँदापछि थप समस्या हुन्छ ।’

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले समयमै भुक्तानी दिन नसक्दा बागलुङमा साना ठूला गरी एक दर्जन बढी आयोजनाको काम रोकिएको बताए । यसवर्ष पनि धेरै कम बजेट आउँदा काम गर्न समस्या हुने उनको भनाइ छ । अघिल्लो वर्ष काम गरेका विभिन्न निर्माण कम्पनीलाई रु सात करोड ४२ लाख बढी रकम भुक्तानी गर्न बाँकी रहेको अधिकारीले बताए । 

भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीलाई काम गर्न लगाउन पनि गाह्रो भएको उनी बताउँछन् । उनी भन्छन्, ‘यस कार्यालयबाट सञ्चालन भएका धेरै आयोजना भुक्तानी नपाउँदा रोकिने अवस्थामा पुगेका छन्, अघिल्लो आर्थिक वर्षकै ठूलो रकम उहाँहरूलई भुक्तानी गर्न बाँकी छ, यसवर्ष पनि निकै न्यून बजेट आएको छ, निर्माण कम्पनीलाई काम लगाउनै गाह्रो भएको छ, तीनवटा ठूला आयोजनाको अघिल्लो वर्षकै करोडौँ रकम हामीले भुक्तानी गर्नुपर्ने छ ।’

स्थानीय नेत्रबहादुर केसीले निर्माण कम्पनीले काम नगर्दा स्तरोन्नति गर्नका लागि तयार भएका सडक बिग्रिएर अप्ठ्यारा बनेको बताए । ठेकेदार कम्पनीले पैसा नपाएको भन्दै काम छोडेर गएपछि निर्माण सकिन लागेका आयोजाना फेरि पुरानै अवस्थामा पुग्ने स्थिति आएको उनको भनाइ छ । नाली निर्माण, चौडा गर्नेदेखि अन्य संरचना तयार गरेकोमा लामो समयदेखि काम नहुँदा ती सबै भत्किएर काम नलाग्ने भएको बताए । 

दैनिक दर्जनौँ यातायातका साधन गुड्ने सडकमा गाल्डाखुल्डी र साँघुरो हुँदा आफूहरुले सास्ती भोग्नु परेको उनले गुनासो पोखे । –रासस 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

फागुन ४, २०८०

“तर प्रधान न्यायालयका प्रधान न्यायाधीश वा न्यायाधीशहरूको पदमा नियुक्त गर्न लायक नेपालका नागरिक नपाइएको अवस्थामा गैरनागरिक पनि नियुक्त हुनेछन् ।१” यो नेपालको अन्तरिम शासन विधान, २००७ को त्यही व्यव...

x