०५ साउन २०८३, मंगलबार
कर्मको फल

रुकुम पश्चिम हत्याकाण्डको फैसलाः यी हुन् जन्मकैदको सजाय पाउने २४ जना

मंसिर १९, २०८०
काठमाडौं
रुकुम पश्चिम हत्याकाण्डको फैसलाः यी हुन् जन्मकैदको सजाय पाउने २४ जना

रुकुम पश्चिमको चौरजहारी–८ सोती हत्याकाण्ड प्रकरणमा २४ जनाले जन्मकैदको सजाय पाएका छन् ।

रुकुम जिल्ला अदालतले मंगलवार २४ जनालाई जन्मकैदको फेसला सुनाएको हो ।

जन्मकैदको फैसला सुनाइएकामा वडाध्यक्ष डम्बरबहादुर मल्ल पनि रहेको अदालतका सूचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिए । 

यस्तै जन्मकैदको सजाय पाउनेमा डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द र इन्द्रबहादुर भनिने इदबहादुर ठकुरी छन् ।

यसैगरी लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नवीकुमार घर्तीमगर, विराज पुनमगर, भीमबहादुर पुन, रमित पुनमगर, विष्णु मल्ल र तीनजना नाम परिवर्तित  छन् । नाम परिवर्तित तीनजना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाइ र भाइ छन् ।

यस्तै यस घटनामा ८ जनाले भने सफाइ पाएका छन् । सफाइ पाउनेमा फरार रहेका तुलाराम घर्ती पनि छन् ।

यस्तै, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दले समेत सफाइ पाएका छन् । 

सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

२०७७ जेठ १० गते नवराज आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए ।

त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए ।  घटनामा १२ जना घाइते भएका थिए ।

सोती गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो । 

अदालतले नवराजकी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतमा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । 

न्यायाधीश खड्गबहादुर केसीको इजलासले यस्तो फैसला गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्